रोहित शर्माको विस्फोटक पारी, मुम्बईद्वारा बेंग्लोरसामु विशाल लक्ष्य

रोहित शर्माले ९४ रनको विस्फोटक पारी खेलेपछि जारी इण्डियन प्रिमियर लिग(अाइपीएल)मा मुम्बर्इ इण्डियन्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलार्इ २ सय १४ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बर्इले निर्धारित २० अोभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो। शर्माले ५२ बलको सामना गर्दै १० चौका र ५ छक्का प्रहार गरे। यस्तै मुम्बइका लागि इभान लुइसले ६५ रनको अर्धशतकीय पारी खेले। ४२ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले १७ र क्रुनल पाण्ड्या १५ रन जोडे।

बलिङमा बैंग्लोरका उमेश यादव र कोरी एण्डरसनले २-२ विकेट लिए। लगातार तीन हारसँगै मुम्बर्इ अंक तालिकाको पुछारमा छ भने दुइमा जीत र एकमा हारसहित बैंग्लोर चौथो स्थानमा छ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस