यातायात व्यवसायीले आन्दोलन गरे गाडी खोसेर सेना पुलिसले चलाउँछन, सिन्डिकेटवालालाई जेल कोच्छौँ

सुनौलो नेपाल/ काठमाडौं-  वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गरेका  यातायात व्यवसायी बिरुद्द सरकार आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न बन्द र हड्तालको घोषणा गरेपछि सरकारले सुरक्षा निकायलाई परिचालन गरेर  आन्दोलनलाई अर्थहीन बनाइदिने तयारी  गरेको छ ।

यदि हड्ताल गरेर व्यवसायीले गाडी नचलाए गाडी नियन्त्रणमा लिएर सुरक्षा निकायले नै गाडी चलाएर सर्वसाधारण जनतालाई सेवा दिन्छौ गृहसचिव प्रेम कुमार राईले सुनौलो नेपाललाई भने ‘हामीसँग जनपद,सशस्त्र प्रहरी र नेपाली सेनासँग  प्रसस्त  चालकहरु छन्  ।

यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने चेतावनी पनि सरकारले दिएको छ  ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार सरकारले यातायात सेवामा हड्ताल निषेध गरिसकेको भन्दै गृह मन्त्रालयले हड्ताल गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ । उक्त ऐनको दफा ४ अनुसार निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने व्यक्तिलाई ६ महिना कैद र २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस