बेइजिङमा पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले भेटे चीनका शक्तिशाली उपराष्ट्रपति

सुनौलो नेपाल/५ वैशाख, काठमाडौं – । पाँचदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  आज बिहान उपराष्ट्रपति वाङ क्वीसानसंग भेटवार्ता  गरेका छन्  ।

आइतबार चीन प्रस्थान गरेका ज्ञवाली दक्षिण चीनको ग्वान्झाओ हुँदै मंगलबार बेइजिङ पुगेका थिए  ।

वाङसँग भेटवार्ता गर्न मन्त्री ज्ञवाली बुधबार बिहान आफू बसेको दियोथाई स्टेट गेष्ट हाउसबाट सरकारी निवास चोङनानहाई  गएका थिए  । उपराष्ट्रपति वाङ राष्ट्रपति सी जिनफिङका विश्वास प्राप्त शक्तिशाली नेता हुन्।

भेटवार्तामा नेपाल चीन-सहयोगका विविध विषयमा छलफल भएको  परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच गत वर्ष भएको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना सहमतिलाई कार्यान्वयन गर्ने विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्ने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

 

बुध, बैशाख ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस