यातायात व्यवसायीलाई लाग्यो ठुलो झट्का सरकारको पक्षमा उद्योग वाणिज्य महासंघले चाल्यो यस्तो कदम, एक्लिए सिन्डिकेटधारी !

सरकारको निर्णयको स्वागत

६ चैत, काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । बिहीवार प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूल विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ ।

ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।

सिन्डिकेट तोड्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलन फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघ/संस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गर्दछ,’ महासंघले भनेको छ ।

यससँगै अब यातायात व्यवसायी थप एक्लिएका छन् । चालक तथा मजदुरसमेतले पनि व्यवसायीको आन्दोलनमा आफूहरू सहभागी नहुने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

 

 

बिहि, बैशाख ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस