एक्कासी किन आउदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल, बैसाख २८ गते नेपाल आउने

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको एक महिनामै भारतीय प्रधानमन्त्री रेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार मोदी वैशाख २८ गते (मे ११ तारीख) नेपाल भ्रमणमा आउने भएका हुन् । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यद्यपि संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हो।

वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने इच्छा देखाए पनि उनी जनकपुर जान पाएका थिएनन्।

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए।

शनि, बैशाख ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस