अन्तिम चरणमा कोटेश्वर–कलंकी सडक, ९० प्रतिशत काम सम्पन्न (भिडियो सहित)

सुनौलो नेपाल-   चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेनको  सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

कलंकीको जामका कारण सास्ती भोग्दै आइरहेका सवारी साधनहरु यो सडक निर्माण संम्पन्न भएपछि ठुलो राहत महसुस गर्नेछन कलंकीमा बनेको  ‘अण्डर पास’ को कारण सवारी साधनहरु तल र माथीबाट फरक फरक दिसामा जाने हुनाले निमार्ण कार्य सम्पन्न भएसंगे जामको पनि अत्य हुनेछ ।

यो सडकको काम अहिले तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै  काम सकिनेछ पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ ।

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले पाएको थियो  ।  भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरी गरीएको थियो ।

सडकखण्डको निर्माणमा  नेपाली र चिनियाँ कामदार खटिएका छन् । सम्झौता अनुसार अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको   काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्याल सुनौलो नेपाललाई  बताए ।

हेर्नुहोस  यस्तो बन्यो सडक 


भिडियो – बिकाश शर्मा/ सुनौलो नेपाल

शनि, बैशाख ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस