प्रधानमन्त्री ओलीले ब्यानरको लफडा बारे प्रचण्डकै अगाडी हाने यस्तो बाण (भिडियो सहित)

सुनौलो नेपाल- कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई रोक्ने तागत कसैसँग नभएको बताएका छन्।

निकै संयम भएका ओलीले भने ‘जुत्ता मिलेन भनी जुत्ता लाउदिन भन्ने ठाउँ छैन, खुट्टा तासेर भए पनि जुत्ता लगाउनुपर्ने स्थितिमा पार्टी एकताको विषय आईपुगेको छ ।

ब्यानर काण्ड बारे कार्यकर्तालाई सम्झाउदै प्रचण्ड तर्फ हेरेर उनले भने विहे गर्नुभन्दा अगाडि एउटा घर हुदैन दुलाहा दुलहीको घर भिन्न भिन्न भए पनि विहेपछि त्यो घरको कुकरको माया बिरालोको माया लाग्छ त्यसैले यस्ता सानातिना परिघटना आउने बताए ।

हेर्नुहोस सो कार्यक्रममा ओलीले गरेको सम्बोधनको पुरा भिडियो

आइत, बैशाख ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस