प्रचण्डको सवाल ओलीको जवाफ कार्यकर्ताको हुटिंग ll यस्तो दोहोरी ll ढुक्क ओली ढुलमुल प्रचण्ड

सुनौलो नेपाल – कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओली र प्रचण्डका केहि रोचक सवाल जवाफ भए कार्यकर्ताले सकेसम्म हुटिंग र ताली बर्षाए ।

पहिलो बक्ताको रुपमा बोलेका माओबादी अध्यक्ष केहि ढुलमुल भएजसरी भने ‘एकताअघि केही सेन्टिमेन्टल आउनसक्छ’ त्यसलाई क्याच गरेर बसेका ओली आफ्नो पालो आउनासाथ जवाफ फर्काए ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’

तर एकता प्रति दुवै अध्यक्ष दृढ थिए एकै मंचबाट दुवैले भने एकताबाट दायाँबायाँ गर्ने बाटो छैन ।

हेर्नुहोस भिडियो ति रोचकपलको

सोम, बैशाख १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस