छड्केमा गएका लालबाबुले कार्यालय प्रमुखलाई यसरी हकारे, ढिलो आउनेलाई रातो मसी किन नलगाएको (भिडियो)

बैशाख ९, काठमाडौँ,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन्।

अनुगमनका क्रममा ३० जना कर्मचारीमध्ये नाै जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ। त्यसक्रममा मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए। अनुगमनपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए।

मन्त्री पण्डितले कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कामकाज सन्तोषजनक नदेखिएकाले आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्‍धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिएका छन्। उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएका छन्।

कार्यालय प्रमुखलाई यसरी हकारे लालबाबु पण्डितले

सोम, बैशाख १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस