एमाले अन्यायका बिरुद्ध लड्ने पार्टी हो – नवराज सिलवाल

मङ्लबार, बैशाख १८, २०७५
सुनौलो नेपाल/काठमाडौँ – नवराज सिलवालले आफु बिरुद्द राज्य नै लागेको बेला एमालेले आफुलाई न्याय गरेको बताएका छन् । एमाले अध्यक्षले झन् संसदमा समेत यो के हो भनेर बोलेपछि आफुले त्यतिबेला देखि एमाले अन्यायका बिरुद्ध लड्ने पार्टीको रहेछ भन्ने आभाष भएको बताएका छन् ।

सिलवालले फायर साइडमा कुरा गर्दै तत्कालिन काङ्ग्रेस नेतृत्वले आफु माथी अन्याय गरेको र त्यसको बारेमा आफुले पुस्तक समेत लेख्न थालेको बताएका छन् । एक जना ब्याक्ति माथी राज्य संयन्त्र भएभरका निकाय किन लागे के का लागी लागे त्यसको जानकारी आगामी पुस्तालाई दिनुपर्छ । उनले भने हो त्यसको लागी मैले पुस्तक लेख्दै छु ।

हेर्नुहोस सिलवालसंग गरीएको कुराकानी :-

मङ्ल, बैशाख १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस