एकताका लागी निर्णयक भनिएको ओली प्रचण्डको बार्ता सकियो, यस्तो आयो निष्कर्ष

काठमाडाैँ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रिया निश्कर्षमा पु¥याउन आज भएको छलफल पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई अध्यक्षबीच बिहान छलफल भएपनि विवादित भनिएको ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातबारे निश्कर्ष नआएको हो ।

दुई अध्यक्षबीच आजै पुनः छलफल हुने बताइएको छ । पार्टी एकता संयोजन समितिले विवादित विषयमा सहमति गर्ने अधिकार दुई अध्यक्षलाई दिए बमोजिम निरन्तर छलफल गरे पनि उनीहरु निश्कर्षमा पुग्न भने सकेका छैनन् ।

एमाले र माओवादीबीच वैशाख नै एकता गर्ने भनिए पनि विवादित विषय टुंग्याउन नसक्दा रोकिएको थियो । दुई दल संभव भएसम्म कार्ल माक्र्सको जन्म जयन्तीका दिन शनिवार पार्टी एकताको समयसीमा तोक्ने गृहकार्यमा छन् ।

बिहि, बैशाख २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस