दुई प्रमुख कम्युनिष्ट पार्टी एकतामा यस्तो देखियो, उत्साहित सांसद देखी नेतासम्मले दिए यस्तो प्रतिक्रिया (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ – बुधवार देखी एकाएक नयाँ मोड लिएको कम्युनिष्ट एकताले बिहिबार साझ ५ बजेका लागी राष्ट्रिय सभागृहमा एकता घोषणाको लागी तय गरीएको थियो ।

आम कम्युनिष्ट कार्यकर्ताको चाहना दुई प्रमुख दल  एमाले र माओवादी केन्द्रको एकता जसरी पनि होस् भन्ने थियो र गत चुनावमा समेत त्यो अभिव्यक्ति मत मार्फत व्यक्त भएको इतिहासलाई कसैले नकार्न सक्दैन ।

त्यस्तै उत्साह बिहिबार राष्ट्रिय सभागृहमा देखियो ५ बजेका लागी तय भएको कार्यक्रमको लागी दिउँसो दुई बजे नै  कार्यकर्ताहरुबाट सभागृहको हल भरीसकेको थियो ।

थुप्रै सांसद तथा केन्द्रीय स्तरका नेताहरुले समेत भित्र प्रवेश गर्न पाएनन् सभागृह बाहिर भित्रको भाषण मात्र सुन्ने नेता कार्यकर्ताहरुको भिड उत्तिकै  थियो ।

धेरैले एमाले र माओवादी केन्द्रको एकता घोषणालाई ऐतिहासिक दिनको रुपमा लिदै सेल्फी र फोटो खिचेर स्मरणीय बनाउदै थिए  त्यहि मेसोमा हामीले पनि केहि सांसद तथा नेताहरुलाई आजको दिनलाई कसरी लिनुहुन्छ भनेर सोधेका थियौ ।

हेरौ सुनौलो नेपालका प्रतिनिधि सभाका सांसद पदम गीरी, राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी त्यसैगरी युवासंघ नेपालका नेताद्वय माधव माधव बास्तोला र फणिन्द्र लुईंटेललाई दुई प्रमुख कम्युनिष्ट एकतालाई  उहाँहरुले दिनुभएको  प्रतिक्रिया जस्ताको तस्तै ।

भिडियो सहित 

शुक्र, जेष्ठ ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस