कर्मचारीको तलब बढाउने बारे यस्तो छ अर्थमन्त्री डा. यूवराज खतिवडाको तयारी

काठमाडौं – अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।

उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस