गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री रामबहादुर थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा गरिएको छ ।

दोहोरो नागरिकता लिएको भन्दै निर्देशन बस्नेतमाथि गत वैशाख ७ गते लिखित उजुरी परे पनि जिल्ला प्रशासन कार्यालय, ललितपुरले अवज्ञा गरेको हो ।

महिला बालबालिका, मन्त्री थममाया थापामगर र सदस्य सचिव विष्णुप्रसाद भट्टको दबाबमा परेर जिप्रकाले अनुसन्धान प्रक्रिया आलटाल गरी मन्त्री थापाको निर्देशनलाई अवज्ञा गरेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस