ट्रफी र मेडलले भरिएको सन्दिप लामिछानेको घर, यस्तो देखियो घरमा पुग्दा बुवा आमा भाबुक (भिडियो सहित)

सुनौलो नेपाल/ चितवन  –  इन्डियन प्रीमियर लिग आइपिएल खेल्न भारत गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किदै थिए ।

दिल्ली  डेयर डेभिल्स टिमका तर्फबाट आइपिएल  खेल्न उनी भारतबाट फर्किदै गरेका दृश्य हामी (सुनौलो नेपालको टीम ) सन्दीपको चितवनको रत्ननगर स्थिति घरमा पुग्दा उनका बुवा आमाहरु टीभीका पर्दाहरुमा लाइभ हेर्दै हुनुहुन्थ्यो ।

दिल्लीको लागि तीन खेल खेलेका सन्दिपले तीन वटै खेलमा उत्कृष्ट बलिङ गरेर नेपालकै नाम र नेपालीको शिर उच्च बनाए । अन्तिम दिन एउटै खेलमा तीन वटा विकेट लिएका उनी आइपिल खेल्ने खेलाडीमा समेत उत्कृष्टको सूचीमा अटाए ।

आइपिएल उत्कृष्ट प्रदर्शन गरेपछि उनको स्वदेशमा प्रशंशा भएको थियो। नेपाली राष्ट्रिय टीमका लागी समेत उत्तिकै महत्वपूर्ण योगदान गरेका सन्दीपको घरमा पुगेर उनका बुवा आमासंग कुराकानी गरेका छौ ।

हेरौ सन्दिप लामिछानेको घर उनले जितेका ट्रफी र मेडल अनि उनका बुवा आमासंग गरीएको कुराकानी

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस