एकैपटक २८ सह-सचिवको सरुवा र पदस्थापन, को कहाँ पुगे हेर्नुस (सूचीसहित)

काठमाडौं : सरकारले एकसाथ २८ सह-सचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरकारले बढुवा भएका १२ सह–सचिवलाई पदस्थापन गरेको छ भने १६ सहसचिवलाई सरुवा गरेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोगका सहसचिव तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालय, आपूर्ति मन्त्रालयकै जानकी बल्लभ अधिकारीलाई लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपाल बराललाई सोही मन्त्रालयमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण योगदान दिएका यातायाता व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई एक साताअघि मात्र उद्योग मन्त्रालयमा तानिएको थियो। उनलाई फेरि उद्योगबाट श्रम मन्त्रालयमा पठाइएको छ। त्यसैगरी, अन्य १२ सह–सचिवलाई पदस्थापन गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस