गोरेको बयानका आधारमा पक्राउ परे अर्का ब्याक्ति, यस्तो रहेछ सुन काण्डमा कनेक्सन

विराटनगर : साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन भएका अर्का व्यक्ति पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी नगरापलिाका–२ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उच्च प्रहरी स्रोतका अनुसार उनलाई गोरेको बयानका आधारमा सनम शाक्यको हत्याका लागि ब्याट्रि र तार उपलब्ध गराएको तथा सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ ।

आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ । उनी फरारको सूचीमा रहेका ३१ जनाभित्रका व्यक्ति भने होइनन् ।

सनम शाक्यको शव भेटिएको गाडीमा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तारहरु पनि बरामद भएको थियो । जिल्ला अदालत मोरङले बिहीबार मात्रै फरार रहेका ३१ जनाको नाममा म्याद जारी गरिने जनाएको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस