सुन काण्डमा तानिए थाले नेता, तत्कालिन एमालेका कार्यकर्ता पक्राउ

सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त भनिने चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेसंगै नेताहरु पनि मुछिन थालेका छन्

गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा तत्कालिन एमालेका कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् ।   मोरङको उर्लाबारीबाट एमाले उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उर्लाबारीमा सुन पसल भएका आचार्य सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ ।

आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ । उनी फरारको सूचीमा रहेका ३१ जनाभित्रका व्यक्ति भने होइनन् ।

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस