संसद बैठकमा राष्ट्रपतिलाई ”महारानी” भने पछि……..

काठमाडौं – नेकपाका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संसदको रेकर्डबाट ‘महारानी’ शब्द हटाउन माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेम्वाङले संसदको रेकर्डबाट महारानी शब्द हटाउन माग गरेका हुन् ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई आदरार्थी ‘सम्माननीय’ शब्द प्रयोग नगरको भन्दै विपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ ।

कांग्रेसका तर्फबाट १७ जना सांसदले संशोधन गर्दा गराउँदै राष्ट्रपतिले ‘महारानी’का रुपमा संसद प्रस्तुत भएको आरोप लगाएको छ । सम्मानीत व्यक्तिहरुको अवमुल्यन सरकारले नीति तथा कार्यक्रमार्फत गरको कांग्रेसको आरोपको जवाफ दिँदै पूर्वसभामुख नेम्वाङले महारानी शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका हुन् ।जवाफमा सभामुखले त्यस शब्दप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

 

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस