कांग्रेसको नजरमा सरकारको सय दिन: सामान्य गति, दर्जन विसंगति !

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले सय दिनमा केही गर्न नसकेको निचोड निकालेको छ । वाम सरकारको सय दिनको समीक्षासहित कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

कांग्रेसले ‘सरकारको सय दिन: सामान्य गति, दर्जन विसंगति’ शीर्षकमा सार्वजनिक गरेको भिडियो सन्देशमा ओली सरकारको गतिलाई पनि सामान्य भनेको छ।

कांग्रेसले ओली सरकारको सय दिनमा दर्जन भन्दा धेरै विसंगति थोपरेको निचोड निकालेको छ। सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ खाने कामबाटै ओली सरकारले विसंगतिको सुरुवात गरेको आरोप कांग्रेसले लगाएको छ।

‘सांसदको सपथ नै नखाई प्रधानमन्त्री हुन मिल्थ्यो ?’, भिडियो सन्देशमा प्रवक्ता शर्माले भनेका छन्, ‘भगवानको नाममा, जनताको नाममा र कसैको नाममा पनि सपथ गर्नै नपर्ने ?’
भिडियोमा हेर्नुस काँग्रेसले के भन्यो सरकारको १०० दिनलाई

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस