काठमाडौं ‘उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रदीपबहादुर क्षेत्री र अनुपम श्रेष्ठ सम्मानित !

यस महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशलाका प्रहरी प्रमुखले पाएका छन्।

शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको हो।

गत चैतदेखि काठमाडौं जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार दिने घोषणा गरिएको थियो।

कालिमाटीका डीएसपी दिपक क्षेत्री र गौशलाका डिएसपी अनुपम श्रेष्ठले पुरस्कार पाएका छन्। उत्कृष्ट काम गर्ने एक जना जवानले प्रत्येक महिना १० हजार रुपैयाँ, प्रहरी हवल्दारले १५ हजार रुपैयाँ, नायव निरीक्षकले २० हजार रुपैयाँ, सहायक निरीक्षकले २५ हजार रुपैयाँ, निरीक्षकले ३५ हजार रुपैयाँ र प्रहरी नायव उपरीक्षकले ५० हजार रुपैयाँ पुरस्कार दिइएको हो। प्रहरी निरिक्षकमा शर्मिला गुरुङ र पुष्कर बोगटीले पाएका छन्।

सईमा टेकबहादुर कुवर, असई शिव कट्टेल र प्रहरी जवनमा अर्जुन सेठ्ठि पुरस्कृत भएका हुन्।

सोही अनुसार उनीहरूलाई प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिएको हो। पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको थियो।

यो नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा बढी पुरस्कार राशि भएको परिसरको दाबी छ।

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस