“मेगा शैक्षिक मेला २०७५” पहिलो दिन भरतपुरमा विद्यार्थीको उत्साहजनक सहभागीता, मेला भोलिसम्म चल्ने

सुनौलो नेपाल/चितवन –  उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै  आयोजना भैरहेको  मेगा एजुकेशन फेयर आजबाट चितवनमा शुरु भएको छ  ।

भरतपुरको गार्डेन रिसोर्टमा वान अप प्रा. लि.ले आयोजना गरेको  “मेगा शैक्षिक मेला २०७५” मा बिद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो   ।

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृतिको विषयमा उचित परामर्श दिने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको मेलाका संयोजक भोला पोख्रेलले जानकारी दिनुभयो ।

आज शुक्रबार उद्घाटन गरीएको मेला भोलि शनिबार पनि  चल्नेछ आज  पहिलो दिननै  चार सय भन्दा बढी बिद्यार्थी उक्त मेलामा  उपस्थित भएका थिए ।

अध्यनको लागी बिदेशमा जान चाहने विद्यार्थीलाई एकै छानामुनी दर्जनौं शैक्षिक परामर्शदाता भेला गरेर सहि काउन्सेलिङ गर्न मेगा फेयर गरिएको  संयोजक पोख्रेलले जानकारी दिनुभयो  ।

जेठ ११ र १२ अर्थात आज र भोलि  चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्ट भएको कार्यक्रम  जेठ १८ र १९ मा वुटवलको सिद्धार्थ कटेज र २५ र २६ गते पोखरा न्यूरोड स्थित सिटि स्क्यायरमा मेगा एजुकेशन फेयर हुने छ ।

फेयरमा कक्षा १२ को परिक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्ने  संयोजक भोला पोख्रेलले जानकारी दिनुभयो  ।

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस