टाटा संगको सहकार्यमा पाएको कार चलाउन ड्राइभर राख्दै सन्दिप लामिछाने, १८ बर्ष नपुग्दा यस्तो तनाब !

चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ तर सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना मात्र भयो

१२ जेठ – टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दिएको छ ।

गत बुधवार उपहारस्वरुप गाडी पाएका लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन् । सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो ।

नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ ।

कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएको सिप्रदी ट्रेडिङ प्रालीको सेल्स र मार्केटिङका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले जानकारी दिए । कर सिप्रदीले तिरेपनि लामिछानेलाई आर्थिक भार भने थपिएको छ ।

कारको चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ तर सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना मात्र भयो । चालक राख्दा उनलाई कम्तीमा दुई महिना आर्थिक भार भने थपिने भएको छ ।

 

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस