सशस्त्र प्रहरीका २९ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित) !

काठमाडाैँ । सशस्त्र प्रहरीका २९ प्रहरी निरीक्षक (इन्सपेक्टर)काे प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले २९ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र प्रहरी नायब उपरिक्षक पदमा बढुवा गरेको हाे ।

गृहमन्त्रालयको शुक्रवारको सचिवस्तरिय निर्णयबाट सशस्त्रमा डिएसपीहरुको बढुवा भएको हो । सशस्त्रमा लामो समयदेखी उच्च अधिकारीहरुको बढुवा रोकिएको थियो । डिएसपी बढुवाको पहिलो नम्बरमा अमित सिंह, दोस्रोमा मदन ढुंगाना, किरण पौडेल लगायत परेका छन ।

 

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस