मृगलाई हानेको गोली युवकलाई लागेपछि घटनास्थलमै मृत्यु

संखुवासभा, १२ जेठ –  सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ ।रासस)

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस