रजत महोत्सवमा सन्देश मूलक शोभा यात्रा कार्यक्रम सम्पन्न

 जेठ १२। आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा दशौं चरणको कार्यक्रम अन्तर्गत आयोजित सन्देश मूलक शोभा यात्रा कार्यक्रम शनिबार नारायणी कला मन्दिर नारायणगढको सभा हलमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं.३ माननिय सांसद मिलन बाबु श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अर्का विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उप–प्रमुख मुना श्रेष्ठ, प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारी, प्रहरी उपरीक्षक शुसिल सिंह राठोर, जिल्ला ट्राफिक प्रहरी कार्यायल प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त, प्रहरी निरीक्षक अञ्जना श्रेष्ठ, वर्तमान अध्यक्ष सरीता के.सी.को उपस्थिति रहेको थियो ।

विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको उक्त कार्यक्रममा विभिन्न समूहहरु गरी २६ वटा समूहहरुको ¥यालीमा संस्थाको ब्यानर तथा सन्देश मूलक प्लेकार्ड सहित सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आदर्श नारी विकास केन्द्र रजत महोत्सव मूल समारोहका संयोजक मीना खरेलले संस्थाको स्थापना काल देखि हाल सम्म गरेको र रजत महोत्सव शुभारम्भ देखि अन्त्यसम्म गरिने कार्यक्रमहरुको बारेमा प्रष्ट पार्नुका साथ स्वागत मन्तब्य समेत दिनु भएको थियो ।

सो कार्यक्रमको अध्यक्षता कार्यक्रमका संयोजक विमला पाठकले गर्नुभएको थियो भने कार्यक्रममा आदर्श नारी विकास केन्द्रका उपाध्यक्ष पवित्रा के.सी., संरक्षक देवी पाठक, बलभद्र घिमिरे सल्लाहकार सावित्री कंडेल, फुलमाया रानाभाट संस्थापकहरु मध्येका वोलमती सापकोटा खनाल समेतको उपस्थित रहेको थियो । सोही अवसरमा संस्थालाई शुभकामना राख्नु हुने प्रतिनिधिमूलक संस्थाबाट संगिता भट्टराई, दुर्गा लक्ष्मी श्रेष्ठ, कस्तुरी श्रेष्ठले राख्नुभएको थियो । निर्णायक समितिमा बलभद्र घिमिरे, इन्दु कोइराला, फूल माया रानाभाट रहनुभएको र उत्कृष्ठ समूहहरुलाई समापनका अवसरमा पुरस्कार वितरण गरी उनीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम रहेको छ । करीब ६०० जनाको उपस्थिति रहेको उक्त ¥यालीका सहभागीहरु आदर्श अभियान संग जोडिएर सँग सँगै काम गर्ने समूह रहेको जानकारी गराईन्छ ।

संस्थाले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा बैशाख १६ गते देखि शुरु भएको रजत महोत्सव विभिन्न कार्यक्रमहरुका साथ रजत महोत्सव मनाउँदै आएको छ ।
महिलाहरुको अन्तर निहित शक्तीको कदर गरौं भन्ने मूल नारा सहित वि.सं.२०४९ सालमा स्थापीत सो संस्थाले महिला तथा बालबालिकाको सर्वोत्तम हित तथा विकासका लागी कार्य गर्दै आएको छ ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस