प्रति केजी पचास हजारको दरले एयरपोर्टबाट बाहिर निस्कन्थ्यो तस्करी गरिएको सुन !

काठमाडौं । गायब साढे ३३ किलो सुन प्रकरण र सनम शाकय हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले विमानस्थलबाट सुन बाहिर निकालेबापत एसएसपी श्याम खत्रीले किलोको ५० हजार लिने गरेको खुलासा गरेका छन् ।

अदालतमा दिएको बयानमा उनले भनेका छन्, “सुन सिधै तत्कालिन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकूल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे । यो लाइन त्यति भरपर्दो नभएकाले धेरै दिन टिकेन । एसएसपी श्याम खत्रीको सरुवासँगै यो लाइनबाट सुन आएन । निजको ड्राइभर र अंगरक्षकको प्रयोग गरी निजले चढ्ने गाडीमा सुन ल्याउँथे । अन्य प्रहरीले सुन ओसारेको मलाई थाहा छैन । निज श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो रु ५०,००० (पचास हजार) निज आफैँले बुझ्ने गर्दथे । यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आएको छ ।”

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस