आइपीएलको रोचक फाइनल खेल हैदरावादलाई निराश पार्दै चेन्नईले उचाल्यो उपाधि

मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ।

आइपिएलको मुम्बइमा भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधी जितेको हो।

चेन्नइको जीतमा सेन वाट्सनले शतकिय प्रदर्शन गरे। वाट्सनले नट आउट ११७ रन प्रहार गरेका हुन्। यो सँगै चेन्नइले तेश्रो पटक आइपिएलको उपाधी माथि कब्जा जमाएको छ। चेन्नइले सन् २०१० र २०११ मा पनि उपाधी जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले दिएको १७९ रनको लक्ष्य चेन्नइले ९ बल बाँकी छँदा भेट्टाएको हो।

जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस