सदनमा अाज प्रधानमन्त्रीको सम्बोधन संसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको अाज जवाफ दिनुहुने भएको छ ।

अाज बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो ।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लाग्नुभएको हो ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस