नेकपाबाट सुवासचन्द्र नेम्वाङले पाए यति महत्वपूर्ण जिम्मेवारी

१३ जेठ, काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता छन्  भने  उपनेतामा सुवास नेम्वाङ ल्याउने तयारी भैरहेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यविभाजनबारे छलफल भएको थियो ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस