बैंकबाट पैसा झिकेर निस्कने बित्तिकै गोलि चल्यो त्यसपछि……..

१३ जेठ । कैलालीको धनगढी उपहानगरपालिका–१ मा गोली प्रहार गरि ९ लाख रुपयाँ लुटपाट भएको छ ।

आईएमईबाट रकम झिकेर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्की माथि गोली प्रहार भएको हो ।

गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । गोली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस