अस्पतालको शय्याबाट गोलि लागि घाइते भएका निर्मलले भने ”प्रहरी र दर्जनौं व्यापारीहरुको अघि मलाई गोलि हाने न प्रहरीले पक्राउ गर्यो न अरुले समात्ने प्रयास गर्यो” !

प्रदेश ७ को अस्थायी राजधानी रहेको शहर धनगढीमा दिनदहाडै गोली प्रहार गरेर लुटेराले आईएमईको साँढे नौ लाख रुपैयाँ लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहान सवा दश बजेको समयमा ग्लोबल बैंकमा रहेको आईएमई सेन्टरका कर्मचारी निर्मल कार्की माथी गोली प्रहार गरेरे साँढे नौ लाख रुपैयाँ लुटिएको हो ।

धनगढीको चौराहा मुख्य बजारको पुरानो सब्जीमन्डी जाने चोक नजिक रहेको एनसीसी बैंकबाट कार्कीले पैसा झिकेर बाहिर निस्कँदै गर्दै मोटरसाइकलमा आएका २ जना नकावधारीले गोली हानी पैसा लुटेर लगेका हुन् ।

लुटेराहरु मोटरसाइकलमा फरार भएका छन् । उनिहरुको खाजी कार्य जारी भइरहेको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

कार्कीको छाती र कुइना माथीको पाखुरामा गोली लागेको छ । उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । घाइते कार्कीले पैसा राखेको ब्यागलाई खोसेर लैजान नदिँदा तानातान भएपछि लुटेराले गोली हानेको बताए । उनले आफू नियमित बैंकमा पैसा लिन जाने गरेको बताएका छन् । उनले भने, ‘सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै मलाई गोली हानेर लुटियो ।’

‘गोली लागे पछि म सडकमा ढलें,’उनले भने, ‘छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन । प्रहरी र दर्जनौं व्यापारीहरुको अघिल्तिरबाटै लुटेराहरु गोली हानेर, लुटेर भाग्दा पनि न प्रहरीले पक्रन सक्यो, न अरु मान्छेले समात्ने प्रयास गरे ।’

सेती अस्पताल इमरजेन्सी विभागका कृष्णबहादुर बोहराका अनुसार घाइते बोल्न सकिरहेको भएपनि छातिमा गोली भएकोले अवस्था गम्भिर रहेको बताए ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस