गोलि हानेर ९ लाख रुपैयाँ लुटेका लुटेरा पक्राउ !

धनगढीमा दिन दाहाडै फिल्मी शैलीमा गोली प्रहार गरी रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयावाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याई अनुसन्धान भईरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।
उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।

‘शकास्पद दुई जनालाई पक्राउ गरि कार्यालयमा ल्याएको छौ’ एसपी घिमिरेले भने, ‘पक्राउ गरेकाहरु नै गोली प्रहरा गर्ने हुन भन्ने खुलेको छैन। त्यसैले नाम अहिले नै सार्वजनिक गर्न मिल्दैन।’ लुटपाटमा संग्लनको पिछा गर्दै जाँदा अत्तरियामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सब्‍जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी सिदार्थ बैंकबाट झिकेको ९ लाख रुपैया लुटेर भागेका थिए।

घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको चिकित्सकहरुले सेती अञ्चल अस्पतालले जनाएको छ। सामान्य उपचारपछि घाईते कार्कीलाई रेफल गर्ने तयारी गरिएको छ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस