भीमदत्तगरमा बम विस्फोट !

कञ्चनपुर, १३ जेठ सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ ।

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस