शेरबहादुर देउवाको कडा जबाफ ‘गेट आउट’ भन्दैमा नेतृत्व छोडिन्न’ !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नु भएको छ ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पार्नुभयो । पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्ष पछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गर्नु भयो । सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गर्नुभयो ।

उहाँले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहो¥याउनु भयो । सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्नु भयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई पूरानै अवस्थामा फर्काउने प्र्रतिवद्धता दोहो¥याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराउनु भयो ।

सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस प्रतिवद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसको भविष्य राम्रो रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

महामन्त्री कोईरालाले पार्टी एकतालाई बलियो बनाएर लैजाने काममा सहयोग गर्न प्रेस युनियनका नेतृत्वसँग पनि आग्रह गर्नु भयो ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस