के कृष्ण बहादुर महराको ठाउँमा महन्थ ठाकुर सभामुख बन्दै छन् त ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा स‌ंसदकाे सभामुख बनाउन प्रस्ताव गरेपछि सभामुखको पद फेरी एकपटक चर्चा मा आएको छ।

नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुन प्रस्ताव गरेकाे कुरा बाहिर आइसकेको छ । यसरी नेकपाले संबैधानिक जटिलतालाई अनुसरण गर्दै महन्थ ठाकुरलाई सभामुख पद हस्तान्तरण गर्न लागेको हो त ? यसअघि विघटित नेकपा (एमाले)ले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो ।
यससम्बन्धमा संघीय समाजावादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग तत्कालिन एमालेका नेताहरूले छलफल गरेका थिए । विघटित नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकीकरण भई बनेको नेकपाका नेताहरूले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् । दुई पार्टी एक भएपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेका तर्फबाट सदस्य बन्न पुगेका हुन् । यसले गर्दा केहीले यसमा हेरफेर हुन सक्ने देखेका छन् । केहीले भने पार्टीले नचाहे यसमा हेरफेर हुन नसक्ने बताएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख अलग-अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस