काम नगर्ने ठेकेदारलाई कारबाही थालेका गृहमन्त्री बादल बिरुद्द आन्दोलनमै उत्रिने भए ठेकेदारहरु !

जेठ १३  निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई धरपक्कड गर्ने, प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण व्यवसायीहरुलाई प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुमाथि गरेको व्यवहार सैह्य र धरपक्कड जस्ता काम नगर्न चेतावनी दिनुभयो ।

महासंघले गृहमन्त्री रामबहादुर थापाले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएपछि निर्माण व्यवसायीहरु सरकारप्रति आक्रोशित भएका हुन । अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरुलाई सक्रिय बनाएर मुलुकलाई समृद्ध बनाउने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो ।

उहाँले सार्वजनिक खरिद नियमावली बनाई लागू गर्ने कानुनी प्रावधान अनुसार स्थानीय तहमा पनि निर्माणको काम अघि बढाउन आवश्यक वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

महासंघले ठेक्का सम्झौता बमोजिम भइरहेको काममा सरकारी तहबाटै अवरोध पु¥याउने काम भइरहेको भन्दै आपत्ति पनि जनाएको छ । महासंघका अध्यक्ष श्रेष्ठले चन्दा माग्नेलगायतका काम तत्काल बन्द गरेर निर्माणको काम गर्न आवश्यक शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

 

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस