ओली सरकारको नीति तथा कार्यक्रम कांग्रेसले समेत गरे टेबुल ठटाएर समर्थन, संसदमै पहिलोपटक बिपक्षीको समर्थन

काठमाडौं । ओली सरकारको नीति तथा कार्यक्रमलाई प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत टेबुल ठटाएर समर्थन गरेको छ ।

नेपालको संसदीय इतिहासमा अपवादबाहेक सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षले समेत समर्थन गरेको यो सम्भवतः पहिलो अभ्यास हो । सबै दलहरु सम्मिलित अन्तरिम सरकारलाई अपवाद मान्ने हो भने,सत्तापक्ष र प्रतिपक्ष भएको बेला नीति तथा कार्यक्रममा प्रतिपक्षले हुन्न भन्ने गरेको पाइन्छ ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने क्रममा प्रमुख विपक्षी नेता शेरबहादुर देउवाको आक्रोश र कांग्रेस सांसदहरुको संशोधनले सत्ता र विपक्षबीच सहमतिको कुनै सम्भावना देखिएको थिएन ।

तर आइतबार एकाएकै अनौठो माहोल देखियो जब  सभामुख कृष्णवहादुर महराले आर्थिक वर्ष २०७५/७६ कोलागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयार्थ पेश  गरे र भने  प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने आवाज विपक्षी बेन्चबाट आएन । सभामुखले ‘यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्’ भन्दा कसैको आवाज आएन ।

त्यसैले ओली सरकारको नीति तथा कार्यक्रम आइतबार संसदमा  सर्वसहमतिले पारित भएको थियो ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस