अन्जना पौडेल अनुश्रुतीलाइ भारतबाट साहित्य प्रतिभा सम्मान

वीरभाषा हिन्दी साहित्यपीठ,मुरादावाद, भारत द्धारा आयोजीत अन्तराष्ट्रिय साहित्य सम्मान समारोहमा शताव्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेल अनुश्रुतीलाइ साहित्य प्रतिभा सम्मान प्रदान गरिएको छ ।
सन् २०१८/ ५ /२२ मा भारतको मुरादावादमा गरिएको उक्त सम्मान नेपालका साहित्यकारहरु अन्जना पौडेल सहित सात जनालाइ प्रदान गरिएको छ ।
नेपालका अन्य साहित्यकारहरुमा हिरा परियार,बिद्या सापकोटा,ससी थापा, जनार्दन अधिकारी धड्कन,राजेन्द्र गुरागाइ,टिका सापकोटालाइ सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो दिन उद्घाटन र कवि गोष्ठी रहेको थियो भने दोश्रो दिन सम्मान अर्पण र समापन रहेको थियो ।
बिभिन्न देशका २ सय जना साहित्यकारहरु सम्मानित भएको उक्त सम्मान समारोहमा अन्जना पौडेल अनुश्रुती मुख्य अतिथीको भूमिकामा नेपालबाट प्रतिनिधित्व गरेर गएकी हुन् ।

 

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस