हुने भयो संबिधान संशोधन, फोरम नेपाल संग सरकारले गर्यो २ बुंदे सहमति (सहमतिपत्र सहित) !

काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका दुई अध्यक्ष केपी ओली तथा प्रचण्डबीच सोमबार दुई बुँदे समझदारी भएको हाे ।

समझदारीपत्रमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरिएको छ ।

यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने पनि सहमति पत्रमा उल्लेख छ ।

सोसँगै फोरम सरकारमा सहभागि हुने ओली, प्रचण्ड र यादवले हस्ताक्षर भएको सहमतिपत्रमा उल्लेख छ ।

हेर्नुहोस सहमति पत्र

 

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस