मेदान्त अस्पतालबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो स्वास्थ्य अवस्था बारे यस्तो भने (भिडियो सहित) !

भारतको हरियाणस्थित मेदान्त अस्पतालमा उपचाररत् राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज उनलाई क्याविनमा सारिंदै छ ।

अस्पतालको ‘हाई केयर युनिट’ मा भर्ना भई उपचार गराइरहेका घिमिरेलाई आजैदेखि क्याबिनमा सारिने उक्त अस्पतालमा कार्यरत डा किरण अधिकारीले जानकारी दिएका छन् ।

“उहाँको भाइटल साइनहरु सबै ठिक छ, आन्द्राको रक्तस्राव रोकिएको छ, आज क्याविनमा सारिन्छ,” डा अधिकारीले भने । उनका अनुसार राष्ट्रकवि घिमिरेलाई अहिले पनि अक्सिजनमा राखिएको छ । “यो उमेरमा अस्पतालमा अक्सिजन दिएर राख्नु सामान्य नै मान्नु पर्छ,” उनले भने ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/w4-nEldQFik” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

 

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस