यस्ता छन् प्रधानमन्त्री ओलीका सयदिने काम (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सय दिने कार्यसम्पादनलाई भिडियोमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री कार्यालय आफैँले तयार पारेर सञ्चारमाध्यमलाई उपलब्ध गराएको भिडियो सामग्रीमा यातायात क्षेत्रको सिन्डिकेट तोडेकोदेखि जुन तस्करको जालो तोडेकोसम्म प्रस्तुत गरिएको छ ।

जनताकै नाममा सपथ खाएको बताएका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको पटकपटक दोहोर्याएका छन् । त्यस्तै उनले सरकार लोकप्रिय हुनका लागि काम नगर्ने बरु काम गरेर लोकप्रिय हुने घोषित नीति लिएको प्रष्ट्याएका छन् ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस