गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफरै अफर, यसरी प्रयोग गरौ टेलिकमको अफरलाई !

काठमाडौं । गणतन्त्र दिवस २०७५ को अवसर पारेर नेपाल टेलिकमले मिस्ड कल एलेर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले सो सेवा पोस्टपेड र प्रिपेड मोबाइलमा जेठ १५ गते देखि पुनः सञ्चालनमा ल्याउने भएको हो ।यो सेवा शुभारम्भ भएपश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा वा स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत् नोटिफिकेसन प्राप्त हुनेछ ।

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले कगद mअब लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गरि प्राप्त निर्देशन पालन गर्नुपर्ने कम्पनीले जनाएको छ ।नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्तालाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने “अनलिमिटेड प्याक” अफर ल्याएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने “एसएमएस प्याक” पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक जेठ १४ गते देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिनेछ । प्याकेज खरिद गर्नका लागि *1415*8# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत् पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

 

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस