कैद माफी भए संगै ६ महिना पछि जेल बाट छुटे बालकृष्ण ढुंगेल !

काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।सरकारले कैद मिनाहका लागि गरेकाे सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई जेलबाट मुक्ति मिलेको छ ।

 

 

 

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस