भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपाल संग माफी मागिन् !

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्।

उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्।

गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। मोदीले त्यहाँ उपस्थित नेपाली र भारतीयहरुका अगाडि सम्बोधन गरेका थिए।

स्वराजले पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारतको इतिहासमै धेरै प्रवासीलाई सम्बोधन गरेर जोड्ने काम गरेको बताएकी थिइन्। सोही क्रममा उनले ‘अमेरिकाको मेडिसन स्क्वायर देखि लिएर जनकपुरसम्म मोदीले लाखौँ प्रवासी भारतीयलाई सम्बोधन’ गरेको बताएकी थिइन्।

सुष्माको भनाईलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो। उनलाई मेन्सन गर्दै धेरै नेपालीहरुले गल्ती सच्याउन आग्रह गरेका थिए। सुष्माले ट्विट मार्फत गल्ती स्वीकार गरेकी हुन्। ‘म क्षमा माग्न चाहान्छु’, उनले गल्ती भएको भिडियो पोस्ट गर्दै लेखेकी छिन्।

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस