फुटबलमा म्याच फिक्सिङको आरोप लागेका अन्जन केसीको क्रिकेटमा पनि यस्तो कालोधन्दा !

काठमाडौँ — नेपालमा बसेर अवैध रुपमा क्रिकेटको अनलाइन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाका अनुसार केसीसहित ६ जनालाई काठमाडौंकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

अन्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्।

 

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस