प्रदेश नं ७ ले पनि गर्यो मन्त्रीको सम्पति विवरण सार्बजनिक, मुख्यमन्त्रीको यस्तो नाजुक स्थिति !

सपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान रहेपनि सरकार गठनको सय दिन पुगेपछि प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीको सम्पत्ती विवरण सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सबभन्दा बढी गरिब मुख्यमन्त्री त्रीलोचन भट्ट देखिएका छन्।

उनको बैंक खातामा ७० हजारबाहेक उनको नाममा कुनै अचल सम्पत्ती छैन।उनले डोटीको केआईसिंह गाउँपालिका ६ मा दाजु सालीग्राम भट्टको नाममा एक घर र १८ रोपनी जग्गा, भाउजु दुर्गादेवीको नाममा ढाईरोपनी जग्गा सम्पत्ती विवरणमा पेश गरेका छन्।

मुख्यमन्त्रीसँग एक तोला सुन र १५ तोला चाँदी छ भने घरमा एक गाई, एक थान मोबाइल र हाते घडी रहेको छ। उनले वित्तिय ऋण एक लाख ४० हजार र बाहिरको ऋण दुईलाख रहेको सम्पत्ती विवरणमा पेश गरेका छन्।

यस्तै प्रदेश ७ मा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा सबैभन्दा धनी देखिएका छन्। उनीसँग ७ लाख २९ हजार ४२९ कित्ता सेयरको ७ करोड ५१ लाखको सम्पत्ती रहेको छ।

 

 

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस