शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख सम्म ऋण !

अर्थमन्त्री युवराज खतिवडाले आव ०७५/०७६ को बजेट मंगलबार संसदमा पेश गर्दै ५ प्रतिशत व्याजमा शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म ऋण दिने घोषणा गरेका हुन्। उनले स्वास्थ्य विमा देशभर बिस्तार गर्ने, गर्भवतीलाई यातायात खर्च दोब्बर गरेको, सिकलसेल रोगको अनुगमन गर्ने, प्रत्येक स्थानीय निकायका एक चिकित्सक उपलब्ध गराँउने, अस्पतालमा जेष्ठ नागपरिक वार्ड राखिने, घुम्ति अस्पताल सञ्चालन गरिने उल्लेख गरेका छन् । यस्तै आर्युवेदिक विश्वबिद्यालय सञ्चालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको बताएका छन् ।

 

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस