नेपालमा यी सात ठाउँमा बन्ने भो सुरुङमार्ग, हेर्नुहोस कहाँ कहाँ बन्दैछ

काठमाडौं : सरकारले आगामी आवबाट निर्माण प्रारम्भ गर्ने गरी विभिन्न सात वटा राजमार्गमा सुरुङसहितको सडक बनाउने भएको छ। आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत पृथ्वी राजमार्गको नौविसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण सुरु गर्ने भएको छ। यातायात व्यवस्था सञ्चालन थप सहज र व्यवस्थित बनाउन थप ६ वटा विभिन्न सडकमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।

सरकारले टोखा–खहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट—चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चितलाङ खण्डमा सर्भेक्षण गरेर सुरुङ मार्ग निर्माण गरिने भएको छ। हाल एउटा सडकमा मात्रै निर्माण सुरु भएको सुरुङमार्ग अब भने विभिन्न सात वटा सडकमा हुने पनि बजेटमा उल्लेख छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस