तपाईको प्रदेश तथा स्थानीय तहमा कति छुट्टियो बजेट ? हेर्नुस (सुचिसहित) !

काठमाडौं, १६ जेठ । केपी ओली नेतृत्वको सरकारले प्रदेश तथा स्थानीय तहलाई एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क, पूर्वाधार, खर्चको आवश्यकता, राजश्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो सरकारले बजेट घोषणामार्फत जनाएको छ ।

सशर्त अनुदानका रुपमा प्रदेशलाई ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीयलाई एक खर्ब नौ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरिएको छ ।

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस